काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार गएराति १२ बजे सुरु भएको मतदान अहिले मध्याह्न साढे १२ बजे सकिएको हो।

रास्वपा चितवनका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा दुई हजार ९५० मत खसेको अनुमान गरिएको छ।

विद्युतीय मेसिनबाट मतदान भएकाले निर्वाचनको परिणाम दुई घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ। चितवनको भरतपुरमा जारी रास्वपाको महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ।

पार्टीका प्रवक्ता मनीष झाका अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पदाधिकारी छान्नेछन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही ७ असारमा चितवनमा सुरु भएको हो। सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्।