काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा नौ सय रूपैयाँले घटेर दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ३० रूपैयाँले घटेर चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको थियो।