काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२३ असार २०८३
अ+
अ-

काठमाडौँ। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज बस्दैछ।

आज सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो।

सार्वजनिक लेखा समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको आन्तरिक कार्यविधि पारितका साथै बेरुजु छलफल उपसमिति गठनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ९ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ।

यसैगरी, अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा परराष्ट्रमन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरुमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्रमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।