काठमाडौँ। आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका– १, का २५ वर्षीय गणेश नेपालीको निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नेपालीको वीर अस्पतालमा उपचारको क्रममा शुक्रबार ११:२० मा निधन भएको हो। अस्पतालले भने औपचारिक जानकारी दिएको छैन।
करिब ६० प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह गरेका थिए। घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।