काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

आए/गए

विवादित अभिव्यक्तिपछि पहिलोपटक संसद्‍मा आए २० मिनेटमै बाहिरिए

३० असार २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भएका छन्।

गत १७ जेठमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि उनी आज (मंगलबार) पहिलोपटक संसद्‍मा उपस्थित भएका हुन्। त्यसदिन उनले ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि चर्को विरोध भएको थियो। विपक्षीहरूले कैयौँ दिन संसद् अवरुद्ध गरेका थिए।

आजको संसद् बैठकमा प्रधानमन्त्रीसँगै रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए। सँगै संसद् प्रवेश गरेका उनीहरू २० मिनेट बसेर सँगै बाहिरिएका थिए। बालेन र रवि बैठकमा सहभागी भइरहँदा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरिरहेका थिए।