काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि सुन्धारा कारागारमा रहेका बेचन झा थुनामुक्त भएका छन्।
काठमाडौँ जिल्ला अदालतले मंगलबार मात्रै उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनी सबै प्रक्रिया पूरा गरी आज (बुधबार) थुनामुक्त भएका हुन्।
उनले तोकिएको अवधिभन्दा दोब्बर बढी कैद भुक्तान गरे। उनी १४ असार २०८१मा पक्राउ परेयता थुनामा थिए।