काठमाडौ । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ निधन भएको छ । उनको काठमाडौंको विशालनगरस्थित निवासमा साँझ ७:४० बजे निधन भएको हो ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बिहीबार ह्याम्स अस्पताल र त्यसपछि पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो ।
क्यान्सरबाट पीडित रहेका पाण्डेको अवस्था अत्यन्त गम्भीर बनेपछि अन्तिम समय परिवारसँग बिताउने उद्देश्यले उनलाई घर ल्याइएको थियो ।