काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

४ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। प्रहरीले लागुऔषध कोकिनसहित दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योनेथ गार्जन कैकेएदो र भारतीय महिला ३७ वर्षीय रेबेक्का पुल्ले रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूलाई काठमाडौँ महानगरपालिका-१६ ठमेलबाट पक्राउ गरिएको हो। उनीहरूको साथबाट ४ किलो २५८ ग्राम कोकिन बरामद भएको छ।

ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार दुबैलाई आइतबार पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये कोलम्बियन महिला कतार एयरको जहाजबाट ३१ असारमा नेपाल आएकी थिइन्।

उनी कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आइपुगेकी थिइन्। उनले आफूले ल्याएको सुटकेसभित्र फल्स बटम बनाएर कोकिन ल्याएकी थिइन्। उक्त कोकिन लिन भारतबाट पुल्ले नेपाल आएको खुलेको छ।

लिक्विडमा रहेको कोकिन सिलिकनसँग मिसाएर कपडाको आकार र साइजमा तयार पारिएको थियो। त्यसरी कोकिन तस्करी गर्ने यो नयाँ

विधि अपनाइएको निरौला बताउँछन्।
बरामद कोकिनको बजार मूल्य १४ करोड ९० लाख रुपैयाँ बराबर रहेको ब्युरोले जनाएको छ।