काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
अ+
अ-

बीबीसी । भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा विरोध प्रदर्शन जारी राखेको छ। यस्तै, कांग्रेस सांसदहरूले मंगलबार राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास ७ लोक कल्याण मार्ग अगाडि धर्ना दिएका थिए।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुपर्ने माग गरेका थिए।

लोकसभाका विपक्षी नेता राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टी अध्यक्ष अखिलेश यादवलाई प्रधानमन्त्री निवास बाहिरबाट नियन्त्रणमा लिइएको हो।

कांग्रेस प्रवक्ता पवन खेडाले राहुल र प्रियंका गान्धीमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाउँदै उनीहरूलाई कहाँ लगिएको भन्ने जानकारीसमेत नदिइएको बताएका छन्।

यसअघि धर्नास्थलमा पुगेका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले राहुल गान्धीलगायत कांग्रेस नेताहरूसँग भेटवार्ता गरेका थिए। भेटपछि उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
कांग्रेसले विद्यार्थी र युवाले न्याय नपाएसम्म प्रधानमन्त्री निवासअगाडिको आन्दोलन नरोकिने चेतावनी दिएको छ।