काठमाडौँ। देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए।
ती घटनाबाट सात परिवार प्रभावित भएका छन्। पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन्। विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ।
गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन्। ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन्। यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।