चितवन। टिपरको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ६‚ का ३५ वर्षीय मनोज पराजुली छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुलीको उपचारको क्रममा चितवन मेडिकल कलेज (सीएमसी) मा मृत्यु भएको हो।
शुक्रबार दिउँसो साढे ३ बजे भरतपुर महानगरपालिका ३‚ पुल्चोकमा गैँडाकोटबाट आउँदै गरेको ग.१क ४८८१ नम्बरको टिपरले पैदल हिँडिरहेका पराजुलीलाई ठक्कर दिएको थियो।
उपचारको क्रममा आज (शनिबार) पराजुलीको मृत्यु भएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।