काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। तस्बिर : सरोकार
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख दिशामा अघि बढिरहेको बताएका छन्। नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाको नेतृत्वमा कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज भएको भेटमा उनले वर्तमान राजनीतिक चुनौती सामना गर्न पार्टी एकता अपरिहार्य रहेको उल्लेख गर्दै एकतामा असर पुग्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन्।

दबाब अभियानका संयोजक भीम ढुंगानाका अनुसार सभापति थापाले पार्टी एकताका लागि आगामी साउन १६ गते तय गरिएको राष्ट्रिय भेला पनि स्थगित गर्न आग्रह गरेका छन्।

भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताबिना गाउँ–गाउँमा जनतामा आशा जगाउन र कांग्रेसको साख पुनःस्थापित गर्न कठिन हुने धारणा राखेका थिए। उनीहरूले तत्काल पार्टी एकता गरी आमजनतामा विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।