चितवन। ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
आज बिहान १७ किलो र सिमल ताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सडक बन्द भएको थियो।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इञ्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
दुवै ठाउँमा तत्काल पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको थियो। क्रमशः सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर अहिले ३ः१५ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।