सेयरबजार
४.६४ अंकले घटेको नेप्सेमा एभरेस्ट कलर लिमिटेडको सेयरमूल्यमा पोजेटिभ सर्किट
काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से एकल अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ४.६४ अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
सोमबार नेप्से ३३.२८ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१७ प्रतिशतले घट्दै नेप्से २६९६.६७ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७० अंकले घटेर ४७०.७९ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१४ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.१६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.११ प्रतिशतले घट्यो।
सेयरबजारमा मंगलबार ३४२ कम्पनीको ५५ हजार ५८० पटकको कारोबारमा एक करोड चार लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ रुपैयाँको कारोबार भयो। सोमबार भने ६ अर्ब आठ करोड आठ लाख ६३ हजार २५४ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज ९६ कम्पनीका सेयरमूल्य बढे। १६६ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १३ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (मंगलबार) १३ समूहको कारोबार भएकामा चार समूहका सूचक बढ्दा बाँकी नौ समूहका सूचक ओरालो लागे।
जसअनुसार नेप्सेमा मंगलबार वाणिज्य बैंक ०.०७ र विकास बैंक समूहको सूचक ०.१९ प्रतिशतले घट्यो। फाइनान्स ०.०६‚ होटेल तथा पर्यटन ०.१८ र जलविद्युत् समूहको सूचक भने ०.१५ प्रतिशतले बढ्यो।
यसैगरी लगानी ०.७९‚ जीवन बिमा ०.५८‚ उत्पादन तथा प्रशोधन ०.२६‚ लघुवित्त ०.१३‚ म्युचुअल फन्ड ०.४६‚ निर्जीवन बिमा ०.२४ र अन्य समूहको सूचक ०.८० प्रतिशतले घट्दा व्यापार समूहको उपसूचक भने ०.७४ प्रतिशतले बढ्यो।

नेप्सेमा मंगलबार एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात एभरेस्ट कलरको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने ६.०७ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। मंगलबार यसको २७ करोड १४ लाख १७ हजार ३०७ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि ग्लोबल आईएमई बैंक लिमिटेड अगाडि रह्यो। मंगलबार यसको ६ लाख ४८ हजार २९७ कित्ता सेयर कारोबार भयो। सोमबार भने १० लाख ८९ हजार २३१ कित्ता सेयर कारोबार भएको थियो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २५९ रुपैयाँ कायम रह्यो।