काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। भद्रकालीस्थित जंगी अड्डाअगाडि विभिन्न जेन-जी समूहबीच विवाद र झडप भएपछि सेनाले तत्कालै कर्फ्यू आदेश जारी गरेको छ। सेनाले माइकिङ गरेर तत्काल कर्फ्यू लागेको बताएको छ।

‘कडाइका साथ कर्फ्यू लागेकाले घर जानुहोस्’ भन्दै सेनाले माइकिङ गरिरहेको छ।

यसअघि सेनाले सूचना जारी गर्दै साँझ ७ बजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू रहने बताएको थियो।