काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२९ भाद्र २०८२
रेशमलाल चौधरी। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अब ‘नागरिक उन्मुक्ति नेपाल’ नामक नयाँ पार्टी स्थापना गरी राजनीतिक यात्रालाई नयाँ मोड दिने बताएका छन्।

“आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु,” चौधरीले फेसबुकमा लेखेका छन्, “म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न। अब आजबाट म अलग अभियानमा छु।”

चौधरीले आफू राजनीतिक व्यक्ति भएकाले यत्तिकै बस्न नसक्ने स्पष्ट पार्दै पार्टी निर्माणको काम आजैदेखि सुरु गर्ने बताए। उनले आफ्नो आन्दोलनको भावना बुझ्ने साथीहरूसँग सहकार्यको अपेक्षा राखेका छन्।

पार्टी अध्यक्षसमेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठप्रति कुनै दुस्मनी नरहेको स्पष्ट पार्दै चौधरीले देशका ‘राष्ट्रिय फटाहाहरु’ सँग नै आफ्नो दुस्मनी रहेको उल्लेख गरेका छन्।

टीकापुर घटनापछि जेल जीवन बिताएका र राष्ट्रपतिको विशेष क्षमाद्वारा रिहा भएका चौधरी नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेतामध्ये एक हुन्। पछिल्लो समय पार्टीभित्र देखा परेको आन्तरिक मतभेदका कारण उनले नयाँ दल गठन गर्ने निर्णय लिएका हुन्।

रेशम चौधरीको नयाँ दलले कस्तो एजेन्डा अघि सार्नेछ र नेपाली राजनीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो बढेको छ।