काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० भाद्र २०८२
निर्वाचन आयोग। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। निर्वाचन आयोगले आगामी कात्तिक १७ मा हुने भनेको रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचन रद्द गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको नयाँ मिति तोकेकाले रूपन्देही-३ को बाँकी कार्यक्रम रद्द गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधिसभाको विघटन गरी मिति २०८२/११/२१ बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने’ निर्णय भएको जनाएका छन्।

राप्रपाका सांसद दीपक बोहोराका निधन भएपछि रूपन्देही-३ मा कात्तिकको तेस्रो साता निर्वाचन हुने कार्यक्रम रहेको थियो। केही राजनीतिक दलहरूले त्यसका लागि उम्मेदवारसमेत छनोट गरेका थिए।