काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३१ भाद्र २०८२
अ+
अ-

दुबई। एसीसी टी–२० एशिया कप क्रिकेटमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराएको छ।

हङकङले दिएको १५० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८.५ ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाउँदै लक्ष्य पुरा गर्यो।

श्रीलङ्काका लागि ओपनर पाथुम निशाङ्काले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६८ रन बनाएका थिए। कुशल परेराले २० र वनिन्दु हसरंगाले समान २० रन थपे । कामिल मिसाराले १९ र कुशल मेन्डिसले ११ रन बनाए ।

पहिले ब्याटिङ गरेको हङकङका लागि निजाकत खानले ३८ बलमा ५२ रनको अविजित अर्धशतकीय पारी खेले। ओपनर जिसन अली र आन्से रथले क्रमशः २३ र ४८ रन जोडे। श्रीलंकाका दुश्मान्था चमेराले २ विकेट लिएका थिए भने वनिन्दु हसरंगा र दुसन सनाकाले १–१ विकेट लिए।

लगातार दोस्रो जितसँगै चार अंक जोडेको श्रीलङ्काले समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। तीन खेल खेलेको हङकङ भने अझै अंकविहीन रहेर समूहको पुछारमा छ।