काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

इन्धनको भाउ

११ असार २०८३
अ+
अ-

काठमाडौँ। विश्वबजारमा कच्चा तेलको घटेको छ। कच्चा तेलको मूल्य चार महिनायता सबैभन्दा कम स्तरमा पुगेको छ।

बिहीबार विश्वव्यापी मानक (बेन्चमार्क) ब्रेन्ट क्रूड (कच्चा तेल) को मूल्य केही समयका लागि प्रतिब्यारेल ७२.४८ डलरमा झरेको थियो।

यो मूल्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुभन्दा एक दिनअघि २८ फेब्रुअरीको जत्तिकै स्तरमा पुगेको हो। यद्यपि पछि मूल्य थोरै बढेर प्रतिब्यारेल ७२.६३ डलरमा पुग्यो।

१७ जुनमा अमेरिका र इरानबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि विश्वलाई यो महत्त्वपूर्ण राहत मिलेको हो।

कच्चा तेल र ग्यासको विश्वव्यापी ढुवानीका लागि महत्त्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुजमा ढुवानी पुनः नियमित भएपछि कच्चा तेलको भाउ घटेको हो।

इरानी आक्रमणपछि यो मार्ग लगभग बन्द अवस्थामा थियो। यसले गर्दा इन्धनको मूल्यमा तीव्र उतारचढाव आएको थियो।

स्मरणीय छ कि- आणविक कार्यक्रम र युद्ध अन्त्यसँगै सम्बन्धित मुद्दामा इरान र अमेरिकाबीच ६० दिनसम्म वार्ता हुनेछ। -बीबीसी