काठमाडौँ
००:००:००
२३ असार २०८३, मंगलवार

२३ असार २०८३
अ+
अ-

काठमाडौँ। रंगकर्मी तथा लेखक सुबास अधिकारीको नयाँ नाट्यकृति ‘नो सिग्नल’ सार्वजनिक गरिएको छ। अधिकारीको पुस्तक रंगकर्मी पशुपति राई, घिमिरे युवराज र गुञ्जन दीक्षितले लोकार्पण गरेका हुन्।

शिल्पी थिएटर, बत्तीसपुतलीमा मंगलबार पुस्तक लोकार्पणसँगै आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा पशुपति राई, गुञ्जन दीक्षित र लेखक अधिकारीले नाटकको विषयवस्तु, मानव मनोविज्ञान तथा समसामयिक सान्दर्भिकताबारे धारणा राखे।

धरानबाट नाट्यकर्म सुरु गरेका अधिकारी हाल स्विडेनको स्टकहोममा बसोबास गर्छन्। जहाँ उनले नेपाल मण्डप संस्था चलाउँछन्। अधिकारीका अनुसार नेपाल मण्डपमा रंगमञ्च, साहित्य र सिनेमासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ।