काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

३२ असार २०८३
फाइल फोटो
अ+
अ-

मकवानपुर। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।

यही असार २० गतेको प्रदेशसभा बैठकले ती विधेयक पारित गरेको हो।