काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। रौतहटमा पछिल्लो १२ घण्टामा ३ सय २३ मिलिमिटर वर्षाको मापन गरिएको छ। जल तथा मौसम विभागका अनुसार रौतहटको महेशपुर मापन केन्द्रमा पछिल्लो १२ घण्टामा तीन सय २३ मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी, सोही जिल्लाको गौरस्थित मापन केन्द्रमा दुई सय ८५ र गरुडामा दुई सय ५७ मिलिमिटर, पर्साको वीरगन्जमा दुई सय ४६, बाराको कलैयामा दुई सय २८ मिलिमिटर वर्षा मापन गरिएको छ। यही अवधीमा पर्साको मुदालीमा दुई सय एक मिलिमिटर पानी परेको छ।

बाङ्गालको खाडीमा विकसित भएको न्युन चापिय मौसम प्रणालीको कारण आज राति थप वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेषण गरेको छ।