काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ आश्विन २०८२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिरको अन्तिम साता पोखरामा ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

एमालेमा विधान महाधिवेशन भएको ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्नुपर्ने प्रावधान छ। २३ र २४ भदौमा भएको आन्दोलनपछि ओलीमाथि नेतृत्व छाड्नुपर्ने दबाब परिरहेको समयमा उनले चाँडै महाधिवेशन गरेर त्यसबाट निर्णय गर्ने बताउँदै आएका छन्।