काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३१ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। थाइल्यान्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यू-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ।

थाइल्यान्डको चोनबुरी रंगशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्यान्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो।

यो जितसँगै थाइल्यान्डले दुई खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ।

खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्यान्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो। त्यस्तै थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७-० को फराकिलो जित हासिल गरेको थियो । यता नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो।