फोटोफिचर
नेपाल संवत् ११४६ आजबाट सुरु भएको छ। यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
नेपाल संवत्को थालनी शंखधर साःख्वा नामका एक व्यक्तिबाट भएको कुरा ऐतिहासिक रूपमा पुष्टि भएको छ। तर के कति कारणले यसको सुरुआत भयो भन्ने सम्बन्धमा भने एउटै मत छैन। धेरैजसोले भने राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (ईसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको मान्यता राख्छन्।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति त्रिरत्न मानन्धरको भनाइ छ।








