काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

बालेनको बोली

नेताहरूप्रति काठमाडौंका मेयर बालेनको प्रश्न- चिया ‘टाइम’मा रगत पिएर अरुलाई ‘लुसिफर’ भन्छौ?

५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रोश पोखेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि त्यसको प्रतिक्रिया दिएका हुन्।

उनले तुइन र काठको पुल बनाउने नेताहरूले देश विदेशीले बिगारेको भनेको भन्दै नेताहरूको चरित्रमा पनि प्रश्न उठाएका छन् । उनले भिसा पाउन नेताहरूकामा धाउनुपर्ने भन्दै भनेका छन्, ‘तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्- यो देश विदेशीले बिगार्‍यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ। अरुलाई एजेन्ट भन्छौ?’

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको आगोलागी र तोडफोडमा कांग्रेस, एमालेका कार्यकर्ता नै सक्रिय भएको भन्दै उनले दोष बालबच्चालाई दिएको भन्दै आपत्ति जनाए। ‘आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ। कांग्रेसले एमालेको जलाउँछ। दोष आफ्नो बाल-बच्चालाई दिन्छौ?,’ सामाजिक सञ्जलमार्फत उनले भनेका छन्, ‘चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ? लाज लाग्दैन?’

बालेको यो स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। जसले मूलधाराका नेताहरुप्रति असन्तोष र रोषलाई झल्काएको छ ।

पारदर्शिता र जवाफदेहिताको माग गर्दै आन्दोलनमा आएका जेन-जी समूहहरूलाई उचालेको राजनीतिक दलहरुले उनीमाथि आरोप लगाएका छन्। उनले आफूमाथि लागेका आरोपहरूको जवाफ सामाजिक सञ्जालमार्फत दिएका हुन्।