काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ भाद्र २०८२
सानामा भएको आक्रमण। तस्बिर : रोयटर्स
अ+
अ-

काठमाडौं। यमनको राजधानी सानामा आइतबार भएको इजरायली हवाई आक्रमणमा मृतकको सङ्ख्या ६ पुगेको छ। हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा ८६ जना घाइते भएका छन्।

घाइतेमध्ये सात बालबालिका र तीन महिला छन् भने २१ जनाको अवस्था गम्भीर रहेको छ। हुथी अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।

हुथीका अनुसार आक्रमण इन्धन र पावर स्टेशनहरू, राष्ट्रपति भवन र अन्य नागरिक सुविधाहरू लक्षित थियो।

इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि आक्रमण भएको पुष्टि गरेका छन्।

इजरायली राज्यको स्वामित्वमा रहेको कान टिभीले १४ वटा लडाकू विमानले आक्रमण गरेको र करिब ४० वटा बम प्रहार गरिएको जनाएको छ।

हुथीले आक्रमणलाई ‘क्रूर आक्रमण’ भन्दै इजरायल र संयुक्त राज्य अमेरिका दुवैलाई ‘जघन्य अपराध’ गरेको आरोप लगाएको छ। साथै प्रतिशोधमा आक्रमण गर्ने चेतावनी दिएको छ।

यसअघि हुथीहरूले तेल अभिभमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए। ती क्षेप्यास्त्रले घरहरूमा क्षति पुर्‍याए पनि मानवीय क्षति भएको थिएन।

हुथीहरूले उत्तरी यमनको धेरै भाग नियन्त्रण गर्दै सन् २०२३ नोभेम्बरदेखि गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलमाथि बारम्बार आक्रमण गर्दै आएका छन्। इजरायलले पनि हुथीको कब्जामा रहेका क्षेत्रमा हवाई आक्रमण गरेर जवाफ दिएको छ।