फोटोफिचर
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव अहिले देशका अधिकांश भूभागमा परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र मोन्थाको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा भइरहेको छ।
आज दिनैभर सबै प्रदेशका प्रायः सहरमा पानी पर्ने प्रक्षेपण छ। आज राति पनि पानी पर्ने महाशाखाको प्रक्षेपण छ।
काठमाडौँ उपत्यकामा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ। बेमौसमी झरीले नियमित कामहरू प्रभावित हुने नै भए, काठमाडौँमा चिसो पनि बढाएको छ।
वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने भएकाले सकभर ती स्थानमा यात्रा नगर्न महाशाखाको अनुरोध छ। यस्तै ती भेगका किसानलाई सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।







