काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी छन्।

सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्करलगायत सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

उनका अनुसार मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र रहेको छलफलमा निष्कर्ष निस्किएको हो। यो नै अन्तिम नरहेको उपस्थित अधिकारीहरुले प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए।

छलफलले द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निर्णय गरेको छ।