काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई शुक्रबार नियुक्तिपत्र हस्तान्तरण गरे।

खड्कालाई आगामी एएफसी एसियन कप क्वालिफायर्स २०२७ का लागि नियुक्त गरिएको एन्फाले जनाएको छ। हिजो (बिहीबार) मात्रै टोलीका मुख्य प्रशिक्षक अस्ट्रेलियन म्याट रोसले राजीनामा दिएका थिए। उनको नेतृत्वमा नेपालले ७ खेल खेल्दा एउटा खेल मात्रै जितेको थियो। दुई खेल बराबरी भयो भने चार खेलमा हार बेहोरेको थियो।

सिनियर महिला फुटबल टिमका पूर्वमुख्य प्रशिक्षक खड्का एन्फाको ‘टेक्निकल डाइरेक्टर’ पनि हुन् ।