काठमाडौँ। निर्वाचन आयोगले आगामी २१ फागुनका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान पनि गरेको छ।
आयोगले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययी तथा भयमुक्त वातावरण कायम राख्न सो आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी पृष्ठपोषणका लागि ‘वेबसाइट’मार्फत आज (आइतबार) सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा मस्यौदामाथि आगामी ७ मंसिरभित्र रायसुझाव दिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल‚ विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्था‚ आमनागरिक एवं सरोकारवालालाई आग्रह गरेको छ।
यो पनि…
एकीकृत सुरक्षा योजना स्वीकृत, निर्वाचनमा सेना परिचालन गर्न सिफारिस