काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ मंसिर २०८२
एमाले र जेन-जीबीच भएको मुठभेडपछि निम्तिएको तनावले बिहीबारसमेत अशान्त रहेको सिमरा क्षेत्र। तस्बिर : श्याम यादव/ नेपाल फोटो लाइब्रेरी
अ+
अ-

बारा। सिमरामा जेन–जीहरूको विरोध प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले आज दिउँसो पनि कर्फ्यू आदेश निरन्तरता दिएको छ। बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत मधेश जनजागरण सभाका लागि आउँदै गर्दा जेन-जी युवामाथि एमाले कार्यकर्ताले कुटपिट गरेपछि निम्तिएको तनाव बिहीबार झनै चर्किएको हो।

हिजाेकाे घटनामा संलग्न एमाले कार्यकर्तालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै युवाहरूले बिहीबार बिहानैदेखि सिमरामा प्रदर्शन सुरु गरेका थिए। कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्ने माग पूरा नभएपछि भीड बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

बाराका प्रमुख जिल्ला अधिकारीका अनुसार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सिमरा–जीतपुर सडकखण्ड र सिमरा विमानस्थल क्षेत्र वरपर ५०० मिटर भित्र कर्फ्यू लागू गरिएको छ। कर्फ्यू अवधिभर कुनै पनि प्रकारको भीड, आवतजावत, सभा वा प्रदर्शन पूर्णतः निषेध गरिएको छ।

कर्फ्यू लागे पनि केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा तथा बल प्रयोग भइरहेको छ। कर्फ्यू क्षेत्रनजिकै थप प्रहरी तथा दंगा नियन्त्रण टोली परिचालन गरिएको छ।

उता, जेन–जीहरूले ‘दोषीलाई पक्राउ नगरेसम्म आन्दोलन जारी रहने’ चेतावनी दिएका छन्।