साताको शट
काठमाडौं। बिनायोजनाको शहरीकरण कस्तो हुन्छ? त्यो काठमाडौंलाई हेरे पुग्छ।
कुनैबेला विश्वकै सुन्दर शहरमध्येको एक मानिने काठमाडौं अहिले अव्यवस्थाले कुरूप बनेको छ। खोला वरिपरि बनेका बाटाहरूले शहरको ट्राफिक जामलाई केही राहत त दिएका छन्। तर, जब बर्खा लाग्छ वा बेमौसमी पानी पर्छ, बाटो नै खोला बन्छ।
भदौको पहिलो साता कालीमाटीस्थित विष्णुमती खोलामा बनेको नयाँ पुलमुनिको टंकेश्वर बाइपासमा पानीमा फसेको यो ट्याक्सी त्यसको उदाहरण हो। र, यो कथा टंकेश्वर बाइपासको मात्र होइन, काठमाडौंको अनेकन् बाटोको हो।