काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

२ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाल जितविहीन हुँदै एसीसी यु–१९ एसिया कपबाट बाहिरिएको छ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले बुधबार अन्तिम खेलमा अफगानिस्तानसँग ६ विकेटको हार बेहोरेको हो।

नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।

योसँगै अफगानिस्तानले समूह ‘बी’ मा २ अंक जोड्दै प्रतियोगिता सक्काउको छ। यस समूहबाट श्रीलंका र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

अफगानिस्तानका उजैरुल्लाह नियाजाईले सर्वाधिक ६१ रन बनाए। ५९ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे। उस्मान सादत २८ र फैसल सिनोजादा १३ रनमा आउट हुँदा महबुब खान र अजिजुल्लाह मियाखिल समान ११ रनमा अविजित रहे।

नेपालका अभिषेक तिवारी र अशोक धामीले समान १ विकेट लिए। त्यसअघि दुबईको द सेभेन्स् स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाएको थियो।

नेपालका दिलसद अलीले सर्वाधिक ३२ रन बनाए। ६८ बल खेलेका उनले ४ चौका प्रहार गरे। चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रनको योगदान दिए।

अफगानिस्तानका जैतुल्लाह शाहीनले सर्वाधिक ३ विकेट लिए। अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले समान २ विकेट लिए। सलम खानले १ विकेट राखे।