हरेक नागरिक राष्ट्रका निम्ति इमानदारीपूर्वक लाग्नुपर्छ : लिङ्देन

१२ पुष २०८२
अ+
अ-

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सिर्जना भएको टिप्पणी गरेका छन्।

जेन-जी आन्दोलनबाट ठूला राजनीतिक दलले नेतृत्व गरेको सरकार ढलेकोतर्फ लक्ष्य गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। बिर्तामोडमा शनिबार आयोजित जनजागरणसभामा उनले गत २४ भदौको घटनाले राज्य संयन्त्र कति कमजोर रहेछ भन्ने स्पष्ट पारेको बताए। उनले भने‚ “त्यो बेला हामीले भनेको कुरालाई बेवास्ता गरियो। अहिले हाम्रो कुरा नसुनेकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पश्चात्ताप गरिरहेका छन्।”

राप्रपाको वैकल्पिक मार्ग प्रस्तुत गर्दै अध्यक्ष लिङ्देनले ऊर्जा‚ कृषि र पर्यटन क्षेत्रको विकासबाट देशको विकास गर्न सकिने बताउँदै हरेक नागरिक इमानदारीपूर्वक राष्ट्रका निम्ति लागिपरेमा पाँच वर्षमा मुलुक विकासको बाटोमा अग्रसर हुने विचार व्यक्त गरे।

हेर्नुहोस् थप तस्बिर :