काठमाडौँ। थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको सम्झौता भएको छ।
दुई देशबीच युद्धविराममा हस्ताक्षर भएको समाचार रोयटर्सले उल्लेख गरेको छ।
थाइल्यान्ड र कम्बोडियाबीच हालै भएको झडपमा पाँचजनाको मृत्यु भएको छ। गत जुलाईमा दुई देशबीच युद्धविराम भए पनि पुन: द्वन्द्व सुरु भएको थियो।
दुई देशबीच गत मेदेखि भएको युद्धमा अहिलेसम्म ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
द्वन्द्व सुरु भएयता दुई देशबीचको व्यापार रोकिएको थियो। साथै यात्रामा पनि प्रतिबन्ध लगाइएको थियो। दुई मुलुकबीचको सम्झौताबारे कम्बोडियाको रक्षा मन्त्रालयले घोषणा गरेको हो।