काठमाडौँ। नेपाली कांग्रेसको गगनकुमार थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मंगलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ।
निर्वाचन आयोगको निर्णय बदर, यही ६ माघको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो।