काठमाडौं। गन्डकी प्रदेशले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गन्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गन्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो ।
यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकालेको थियो ।
यसअघिका महिलातर्फका खेलमा न्यू डायमन्ड स्पोट्स क्लब र थाइल्यान्ड क्विन्सले जित निकालेका थिए । न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । यस्तै थाइल्यान्डले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको सम्भावना जिवित राखेको छ । थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।