काठमाडौं । जेन-जी आन्दोलनमा घाइते भएकामध्ये कम्तिमा १३ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
उपचारका क्रममा ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
ट्रमा सेन्टरका निर्देशक बद्री शर्माले ६ घाइतेको उपचारको क्रममा मृत्यु भएको बताए। त्यहाँ अन्य २० जनाको उपचार भइरहेको छ।
जेन-जी समूहले प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको सिभिल अस्पतालमा मृत्यु भएको थियो।
काठमाडौं मेडिकल कलेज सिनामंगलमा एक जनाको भएको अस्पताल प्रशासन प्रमुख नारायण दाहालले बताए। “तीन जना गोली लागेका घाइते हाम्रो अस्पतालमा ल्याइएको छ,” उनले भने।
उनका अनुसार तीस जनाभन्दा बढी घाइते अस्पतालमा ल्याइएको छ। यससँगै मृतकको संख्या ६ पुगेको छ।
त्रिवि शिक्षण अस्पतालमा लगिएका अर्का एक जना घाइतेको मृत्यु भएको अस्पतालले जनाएको छ।
बानेश्वरको एभरेष्ट अस्पतालमा तीन जनाकाे मृत्यु भएको अस्पतालले बताएको छ।