काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहित गौर हत्याकाण्डसम्बन्धमा जाहेरी दर्ता भएकाहरूमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो।

२०६३ चैत ७ गते रौतहटको गौरमा रहेको राइसमिल चौरमा तत्काली मधेशी जनअधिकार फोरम र नेकपा माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो। दुवै पक्षले एकै समयमा एकै स्थानमा कार्यक्रम आयोजना गर्न खोज्दा झडप भएको र झडपका क्रममा फोरमका कार्यकर्ताले आफ्ना कार्यकर्ताको हत्या गरेको माओवादीको आरोप छ। उक्त घटनामा ४२ जना घाइते पनि भएका थिए।

घटनामा तत्कालीन फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादव लगायतको संलग्नता रहेको आरोप लाग्दै आएको छ।