बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपाल
काठमाडौँ। जल तथा मौसम विभागले जनाएको छ कि हाल मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको नजिक सरदर स्थानमा रहेको छ।
जसको कारणले बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
आज दिउँसो देशभर प्रायः बदली रहने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका धेरै स्थानमा, बाँकी प्रदेशका पहाडी भू-भागका केही ठाउँ र तराईका सिमित भागमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।