काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली यू–१९ महिला भलिबल टोलीको प्रशिक्षकमा कुमार राई नियुक्त भएका छन्। नेपाल भलिबल संघले काभा यू–१९ महिला च्याम्पियनसिपका लागि उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो।

नेपालले कात्तिक १७ देखि २४ सम्म श्रीलंकाको कोलोम्बोमा उक्त प्रतियोगिता खेल्दैछ। प्रतियोगितामा सहभागिता जनाउन संघले गत शुक्रबार र शनिबार खेलाडी छनोट गरेको थियो। उक्त छनोटमार्फत १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। टोलीको बन्द प्रशिक्षण आगामी असोज १ गतदेखि त्रिुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने संघले जनाएको छ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
मीना सुनार, प्रतिभा चौधरी, भावना तामाङ, नामसरा राना, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, रेविका लामा तामाङ, रूपमा लम्साल, विनिता राना, जेनिशा विश्वकर्मा र प्रसंशा बौडेल, निशा महर, सम्झाना नेपाली, मीना चौधरी, अनिशा थारू, अनुष्का कार्की, सुनिता खत्री र एन्जिला प्रधान।