काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ भाद्र २०८२
अ+
अ-

ललितपुर। लुना लुँइटेलले ‘मिस नेपाल वर्ल्ड २०२५’ को उपाधि जितेकी छिन्। शनिबार गोदावरीस्थित सनराइज हलमा सम्पन्न फिनालेमा उनले ‘मिस नेपाल वर्ल्ड २०२५’ को ताज पहिरिइन्। उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड आस्माकुमारी केसीले ताज लगाइदिइन्। त्यसैगरी, सोनी घले मिस नेपाल अर्थ र उरुषा भण्डारी मिस नेपाल इन्टरनेसनल बने।

लुँइटेलले अब आउने वर्ष विभिन्न सामाजिक अभियानमा संलग्न हुँदै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। यस वर्षदेखि आयोजक संस्था हिडन ट्रेजर ले थप गरेको नयाँ उपाधि ‘मिस कोस्मो’ मा दीपशिखा नेपाल विजयी भइन्।

अडिसनमार्फत २६ प्रतिस्पर्धी फाइनलमा चयन भएका थिए।

तिनीहरूले सौन्दर्य, प्रतिभा, बौद्धिक क्षमता र व्यक्तित्व विकासका विभिन्न चरण पार गर्दै फाइनलसम्मको यात्रा पूरा गरेका थिए।