काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ भाद्र २०८२
अ+
अ-

थियानजिन। प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएको छ ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी भएको हो ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि यहाँ पाँचदिने भ्रमणमा रहेको छ । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

सोमबार (भदौ १६ गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछ।