काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

चितवन। जेन-जी युवाले सोमबार चितवनको भरतपुरस्थित ६ लेन सडकमा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाले भ्रष्टाचार अन्त्य गर्नुपर्ने, पुरानो पुस्ताका नेताले नयाँ पुस्तालाई नेतृत्वका लागि बाटो खुलाउनु पर्ने लगायत माग राखेका थिए। उनीहरूले सामाजिक सञ्जालहरूमाथि प्रतिबन्धको विरोधसहित चर्को स्वरमा नाराबाजी गर्दै भरतपुर महानगरपालिका अगाडि पनि धर्ना दिए। आक्रोसित युवाको उक्त आन्दोलनले भरतपुरको मुख्य सडक क्षेत्र केही समय प्रभावित भएको थियो।

तस्बिरहरू