काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

कठामाडौं। जेन–जी नेपालले आज आयोजना गरेको भर्चुअल बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको अध्यक्षको रूपमा प्रस्ताव गर्न अधिकांश सहभागीहरू सहमत भएका छन।

देशभरका करीब नौ हजारभन्दा बढी सहभागी रहेको यो बैठक जेन-जीको पहिलो बिस्तारित बैठक हो। बैठक निरन्तर छ घण्टा भन्दा बढी चलेको बैठकमा विभिन्न व्यक्तिहरुको नाममा छलफल भएको थियो।

भर्चुअल सर्वेबाट सर्वाधिक मत पाएको आधारमा कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन उनीहरु सहमत भएका हुन्। बैठकको म्यान्डेटअनुसार जेन–जी नेपालको तर्फबाट शुसिला कार्कीसँग थप छलफल गरेर अन्तिम निर्णयमा पुग्ने निधो भएएको छ।

कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश हुन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध र भ्रष्टाचारविरुद्धको आन्दोलन देशब्यापी  आन्दोलनको सुरुआत जेन–जीले गरेको थियो।

यो समूहले सामाजिक सञ्जालमार्फत आफ्ना विचार र मागहरूलाई व्यापक बनाउँदै आएको छ।