काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। बृहत् नागरिक आन्दोलनले राष्ट्रपतिको अभिभावकत्वमा जेन-जी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ। एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्ने काम गर्न नागरिक आन्दोलनले आग्रह गरेको छ।

‘संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेन-जी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्’, आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनले नागरिकको संघर्षको बलमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षतालाई थप बलियो बनाएर लैजानुपर्ने आवश्यकता औंल्याएको छ। अब बन्ने नागरिक सरकारलाई वर्तमान संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कता साथ अघि बढ्न खबरदारी गर्नुपर्ने उल्लेख गर्दै आन्दोलनले यस विषयमा जेन-जीलाई जस्तोसुकै साथ दिन नागरिक समाज तयार रहेको जनाइएको छ।

नागरिक आन्दोलनले अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुपर्ने पनि उल्लेख गरेको छ।