काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला पक्षलाई ऐक्यबद्ध भई योगदान गर्न आग्रह गरेका छन्।

शनिबार जारी वक्तव्यमा उनले कठिन परिस्थिति पार गर्दै देशले नयाँ अवसर प्राप्त गरेको उल्लेख गर्दै यो अवसरलाई सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

राष्ट्रपति पौडेलले भनेका छन्, “अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएपछि संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएको छ। अब आगामी छ महिनाभित्र हुने प्रतिनिधिसभा निर्वाचनमार्फत जनताले अझ सुदृढ लोकतन्त्रको मार्गमा अघि बढ्ने अवसर पाएका छन्।”