काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

११ आश्विन २०८२
तस्बिर : हर्क साउदको फेसबुक
अ+
अ-

हर्क साउद संख्यामा थोरै गीत लेखेर पनि धेरै सफलता बटुल्न सफल गीतकार हुन्। सुन साइँली, तीनपाते, के माया लाग्छ , फूलथुंगे रानी जस्ता लोकप्रिय गीत रच्ने हर्क पछिल्लो समय ऊनको स्विटर फिल्मका फूल, मखमलीचाइनेजो जिन्दगानीमा गीतका कारण चर्चामा छन्। हर्कसँग नेपालन्युजले गरेको सात चकचक–संवादः

१. सानो छँदा गरेको ठूलो चकचक?

छिमेकीको घरबाट कुखुराको अन्डा चोर्दा फुटाएर बाटोभरि चुहाउँदै हिँडेछु। बेलुकी घरमा रिट्ठाधुलाइ भेटियो।

२. स्कुलमा पाएको सबैभन्दा ठूलो सजाय?

बीजगणितका सूत्र याद गर्न नसक्दा सरले हातमा रातै डाम बनाइदिनुभएको थियो।

३. कहिल्यै स्कुलबाट भाग्नुभयो कि नाइँ?

एक जना सरले नराम्ररी पिट्नुहुन्थ्यो। उहाँको कक्षा लिन नपरोस् भनेर गोठालो गइयो। त्यो थाहा पाएपछि दिदीको पिटाइ खाइयो।

हर्क साउद

४. अन्जानमा गरेको चकचक?

गोठालो जाँदा साथीले चरालाई ढुंगाले हान्नै लागेथ्यो, म हान्छु भनेर ढुंगा खोसेँ। ढुंगा रुखमा लागेर फर्कियो र त्यही साथीको टाउकामा लाग्यो।

५. सार्वजनिक ठाउँमा गरेको सबैभन्दा ठूलो चकचक?

सांस्कृतिक कार्यक्रम वा कन्सर्ट सुन्न–हेर्न जाँदा सिटी बजाइन्थ्यो, हुटिङ गरिन्थ्यो।

६. छोरासँग कत्तिको चकचक गर्नुहुन्छ?

एकअर्कालाई हेर्दै अनुहारका भावभंगी बिगार्छौं।

७. अहिले सम्झँदा एकदमै पछुतो लाग्ने चकचक?

त्यही अन्डावाला … हाहा।