काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

सात सवाल

२६ बैशाख २०८३
अ+
अ-

उषा रजक समानान्तर रूपमा मोडलिङ, रंगमञ्च र सिनेमामा सक्रिय कलाकार हुन्। अनिल सिंहको ‘आई लभ यू’, नरेन्द्र प्यासीको ‘तिमीले दिने माया’ जस्ता चर्चित गीतको म्युजिक भिडियोमा काम गरेकी उनले महारानीको जात्रा, अनुपस्थित तीनलगायत नाटक र कथा, कठपुतली, कुसुमे रुमाल २ लगायत सिनेमामा अभिनय गरेकी छन्। एक मुठ्ठी बादल उनको प्रदर्शनोन्मुख सिनेमा हो। उनै रजकसँग नेपालन्युजका लागि गरिएको सात सवाल :

 गर्मीमा तपाईंलाई मन पर्ने पहिरन?

गर्मीमा स‍ुती र लिननका कपडा लगाउन सहज लाग्छ।

गर्मीमा कस्तो मेकअप ठिक हुन्छ? छालाको स्याहार कसरी गर्नुहुन्छ?

बाक्लो फाउन्डेसन नभई हल्का मोस्चराइजर लगाएर पसिनाले नबगाउने खालको मेकअप लाभदायक हुन्छ। सुत्नुअघि मज्जाले छाला सफा गर्छु। जति थकाइ लागे पनि मेकअप राम्ररी पुछ्छु। त्यसमा हलुका मोस्चराइजर लगायो भने राम्रो हुन्छ। 

गर्मीमा मन पर्ने खानेकुरा र पेय पदार्थ?

काँचो चिज खान बढी मन पराउँछु। खरबुजा, काँक्रो र फ्रेस जुसहरू मन पर्छ।

 गर्मीमा घुम्न जाने मनपर्ने ठाउँ?

गर्मीको समयमा समुद्रको किनारमा समय बिताउन पाइयो भने रमाइलो लाग्छ।

गर्मी याममा रमाइलो लाग्ने कुरा?

बाक्लो बाक्लो लुगा लगाइरहनु पर्दैन। दराजमा पनि धेरै लुगा अट्छ।

गर्मीमा मन नपर्ने कुरा?

दिउँसोको टन्टलापुर घाम र घामले तातेको घर।

 गर्मी छल्ने भरपर्दो उपाय?

स्विमिङ, आइसक्रिम, चस्मा र टोपी।